एन्फाका पदाधिकारी र १४ वटा क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकमा लिग फागुन १९ बाट शुरू गर्ने सहमति भएको छ।
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग पुनः सरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन १९ गतेबाट गर्ने सहमति गरेको हो।
यसअघि लिग पुस २८ गतेबाट शुरू हुने जनाइएको थियो। तर, एन्फाले दिने तयारी खर्चबापतको रकम नदिएपछि सहभागी हुने १४ क्लबहरूले लिग खेल्न अस्वीकार गर्दै आएको थियो।
एन्फाका पदाधिकारी र १४ वटा क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकमा लिग फागुन १९ बाट शुरू गर्ने सहमति भएको हो। एन्फाका अनुसार लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ। लिगको विजेताले ७५ लाख पाउने छन्। दोस्रो हुनेले ५० र तेस्रो हुने टोलीले २५ लाख पाउने छन्।
बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दावा लामा, सह-सदस्य रूपेश अधिकारी र पेमा लामा, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
