निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मञ्च, बाँकेले चारबुँदे मागसहित माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना र रिले अनशन थालेको छ।
काठमाडौँ– निर्मला कुर्मीको न्यायका लागि अनिश्चितकालीन धर्ना थालिएको छ। महिला अधिकार मञ्च, बाँकेले कुर्मीको न्यायका लागि चारबुँदे मागसहित माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना र रिले अनशन थालेको हो।
अधिकारकर्मीले सीआईबीको अनुसन्धान एक वर्ष पूरा हुँदा पनि अधुरो रहेको भन्दै असन्तुष्टि जनाएका छन्। छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न, कुर्मीको हत्याको घटना छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरेका छन्।
महिला अधिकार मञ्चले न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सही छाप परीक्षण गर्न, कुर्मीको मुद्दालाई अदालतमा पुर्याउन र आन्दोलनकारीको सुरक्षा प्रत्याभूति गर्न पनि माग गरेको छ। नेपालगन्ज उपमहानगरपालिका-१७ की एकल महिला कुर्मीको शंकास्पद मृत्यु भएको थियो।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
