जी सेभेन राष्ट्रले युक्रेनलाई आवश्यक पर्दासम्म आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानूनी सहायता गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय जगतलाई अपिल गरेका छन्। रुसले युक्रेनमा सोमबार गरेका श्रृंखलाबद्ध आक्रमणको निन्दा गर्दै जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।
सोमबारका क्षेप्यास्त्र आक्रमणमा १९ जनाको ज्यान गएको थियो भने थुप्रै घाइते भएका छन्। रुसले आक्रमणलाई मंगलबारसमेत निरन्तरता दिएको र त्रास बढेको भन्दै रुसमाथि राजनीति दबाव बढाउन र युक्रेनलाई सहयोग गर्न जेलेन्स्कीले पश्चिमा मुलुकहरूलाई आग्रहसमेत गरेका छन्।
रुसी आक्रमणपछि मंगलबार बसेको विश्वका धनी राष्ट्रको समूह जी सेभेनको आकस्मिक भर्चुअल बैठकमा जेलेन्स्कीले यस्तो बताएका हुन्। जी सेभेनका क्यानडा, अमेरिका, बेलायत, फ्रान्स, इटली, जापान र जर्मनीले युक्रेनलाई आवश्यक पर्दासम्म आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानूनी सहायता गर्ने प्रतिबद्धता जनाएका छन्।
त्रासको नयाँ श्रृंखला शुरू गरेको रुसमाथि नयाँ प्रतिबन्ध, नयाँ प्रकारका दबाव दिन र युक्रेनलाई नयाँ तरिकाले सहयोग गर्न जेलेन्स्कीको आग्रह थियो। यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने गत शनिबार रुसका लागि महत्त्वपूर्ण मानिने पुलमा गराइएको विस्फोटको बदलामा युक्रेनमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन्।
रुसले गत युक्रेनमा आक्रमण शुरू गरेयता पश्चिमा मुलुकहरूले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन्। रुसको व्यापार र राष्ट्रपति पुटिनका समर्थकमाथि प्रतिबन्ध लाग्दै आएको छ।
यस्तै, पश्चिमा मुलुकहरूले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सन्देश प्रणाली स्विफ्टबाट हटाउने र एक हजारभन्दा बढी रुसी नागरिकका व्यापार व्यवसायमाथि प्रतिबन्ध लगाउनेजस्ता कदम यसअघि नै चालिसकेका छन्। जसमा रुसी धनाढ्यहरूमाथिसमेत प्रतिबन्ध छ।
यता, अमेरिकाले रुसबाट आयात हुने सबै तेल र ग्यासमाथि प्रतिबन्ध लगाइसकेको छ। तर युरोप ग्यास आपूर्तिमा ४० प्रतिशत रुसमै निर्भर रहेकाले कडा कदम चाल्न सकिरहेको छैन।
युक्रेनमा आक्रमण शुरु गरेयता रुसले राजधानी किभलक्षित शक्तिशाली आक्रमण गरेको यो पहिलो हो। यसअघि रुसले शहरको मध्य भागलक्षित कुनै आक्रमण गरेको थिएन।सार्वजनिक क्षेत्रहरु जस्तै, किभका चर्चित पार्क र बालबालिका खेल्ने स्थानहरूमा बिहान व्यस्त समयमै रुसले आक्रमण गरेको थियो। संरचनाहरूध्वस्त हुनुको साथै, आसपासका क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको थियो।
किभमा सोमबार रुसले २८ वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको तर २० वटालाई सेनाले खसालिदिएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी छ। ती आक्रमणमा इरानी ड्रोनसमेत प्रयोग भएको उनले बताए। आक्रमणबाट क्षति पुगेका बिजुली र खानेपानीका क्षेत्रको धेरै समस्या समाधान भइसकेको र बाँकी स्थानमा जतिसक्दो चाँडो समाधान गर्ने जेलेन्स्कीले बताए।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गरि नायक बन्न खोज्दा आफ्नो क्षमताको गलत प्रयोग गरेको बताए। बाइडन भन्छन्, “पुटिनलाई सबैले खुला हृदयले स्वागत गर्छन् भन्ने लागेको थियो होला, युक्रेनको किभ पनि रुसी आमाको घर हो र उनलाई स्वागत हुनेछ भन्ने सोचे होलान् तर उनी सबै हिसाबले गलत ठहरिएका छन्।”
बाइडनले नोभेम्बर १५ र १६ तारिखमा इन्डोनेशियामा हुने जी ट्वेन्टी सम्मेलनमा पुटिनसँग भेट हुने अपेक्षा गरेका छन्। साथै, पुटिनले युक्रेनमा आणविक हतियार प्रहार गर्ने धम्की दिए पनि वास्तवमा त्यसो नगर्ने बाइडनको विश्वास छ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो। दुई मुलुकबीचको युद्ध ७ महिनायता जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
