अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले सन् २०२२ मा झन्डै २८ लाख बालबालिका र महिला कुपोषणको शिकार भएको जनाएको छ।
तालिबान नेतृत्वको अफगानिस्तानमा चरम भोकमरी र खाद्य संकट रहेको एक अध्ययनले देखाएको छ। भारतीय अनुसन्धान एजेन्सी ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले विश्वका १३६ वटा देशमा गरेको अनुसन्धानले दक्षिण एशियाली मुलुकमध्ये अफगानिस्तान खाद्य असुरक्षाको शीर्ष स्थानमा परेको खुलासा गरेको हो।
“ग्लोबल हङ्गर इन्डेक्स–२०२२ का अनुसार दक्षिण एशियाली मुलुकका ६० करोड बालबालिका प्रभावित भएका छन्,” फाउन्डेसनको रिपोर्टमा लेखिएको छ, “कोभिड १९ को महामारीपछि ३३ प्रतिशतभन्दा बढी जनसंख्याले चरम भोकमरीको सामना गरिरहेका छन्।”
डा. मोहम्मद नासिर काजिमीका अनुसार कमजोर अर्थतन्त्र र सामाजिक अवस्थाका कारण बढाएको खाद्य असुरक्षाले बालबालिकामा प्रत्यक्ष रूपमा कुपोषण बढेको देखिएको छ।
सिद्दिकाको बच्चामा पनि कुपोषण देखिएको छ। कमजोर आर्थिक अवस्था र पर्याप्त खानाको अभावले उनीहरूको अवस्था चिन्ताजनक रहेको छ। “मेरो बच्चा जन्मिएको २० दिनसम्म अस्पतालमै राखिएको थियो,” उनी भन्छिन्, “अहिले हामी फेरि अस्पताल आएको एक हप्ता भइसक्यो।”
काबुलस्थित इन्दिरा गान्धी अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावकहरू कमजोर आर्थिक अवस्था र खाद्यान्नको कमीकै कारण आफ्ना बालबालिकामा कुपोषण भएको बताउँछन्।
“मेरो बच्चा बिरामी भएको चार महिना भयो। चिकित्सकले बच्चालाई कुपोषण भएको भनेको छ। उपचारले पनि उसलाई छोएको छैन भन्छन्,” आफ्नो बच्चालाई उपचार गर्न ल्याएकी एक आमाले भनिन्।
इन्दिरा गान्धी बाल अस्पतालका केही चिकित्सकहरूका अनुसार दैनिक अस्पताल आउने बालबालिकामध्ये चार जना बालबालिका कुपोषणबाट ग्रस्त भएका हुन्छन्।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा मात्रै झन्डै २८ लाख बालबालिका र महिला कुपोषणको शिकार भएका छन्।
“वर्षको शुरूदेखि नै बालबालिका र सुत्केरी सामान्यदेखि चरम कुपोषणबाट प्रभावित भएका भेटिन थालेका थिए,” जनसंख्या मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले बताए।
कमजोर आर्थिक अवस्थाका कारण अफगानिस्तान मात्रै नभई दक्षिण एशियाली मुलुकहरू भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका लगायतका देशहरू पनि खाद्य संकटको जोखिममा गरेको फाउन्डेसनको अध्ययनले देखाएको छ।
टोलो न्यूजको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
