तमु ल्होसार विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्हाेसारकाे शुभकामना दिँदै समस्त नेपालीबिच आपसी सम्बन्ध सुदृढ हुने जनाएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायले मनाउने ल्होसार नेपालको विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित रहेको बताएका छन्।

शुक्रबार तमु ल्हाेसारकाे शुभकामना दिँदै प्रधानमन्त्री दाहालले यो पर्वले समस्त नेपालीबिच आपसी सम्बन्ध सुदृढ हुने जनाएका छन्।

“हाम्रो संस्कृति र संस्कारका आ-आफ्ना पहिचान तथा विशेषता छन्। विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुकरणयोग्य उदाहरण हुन्”, उनले भनेका छन्, “त्यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको एक ल्होसार पनि हो।”

तमु ल्होसार पर्वलाई हर्षोल्लासपूर्वक मनाउनसमेत प्रधानमन्त्री दाहालले अनुरोध गरेका छन्।