७३ वर्षीय नेतन्याहूले इजरायलको नयाँ प्रधानमन्त्रीका रूपमा बिहीबार शपथ लिएका हुन्।
बेन्जामिन नेतन्याहू छैटौँ पटक इजरायलका प्रधानमन्त्री बनेका छन्।
इजरायलीमाझ बीबी उपनामले चर्चित ७३ वर्षीय नेतन्याहूले इजरायलको नयाँ प्रधानमन्त्रीका रूपमा बिहीबार शपथ लिएका हुन्।
इजरायलको इतिहासमै सबैभन्दा धेरै पटक प्रधानमन्त्री बनेका उनले १५ वर्षभन्दा बढी समय इजरायलको कार्यकारी पदमा बसेर काम गरेका छन्। उनी इजरायल स्वतन्त्र भएपछि जन्मिएका पहिलो इजरायली प्रधानमन्त्री समेत हुन्।
नेतन्याहू छ वटा दल मिलेर बनेको गठबन्धन सरकारका तर्फबाट प्रधानमन्त्री बनेका हुन्। इजरायली संसद्, (निसेट)को कूल १२० सिट संख्यामध्ये गठबन्धनसँग ६३ सिट रहेको छ।
इजरायलको ७४ वर्षे इतिहासमा यो ३७औँ सरकार हो। लिकुड पार्टीका नेता नेतन्याहूको नयाँ गठबन्धन सरकारलाई टाइम्स अफ इजरायलको इतिहासकै कट्टरपन्थी सरकार भनेको छ। किनकि उनलाई अहिले यहुदी समर्थित धार्मिक कट्टर पार्टीहरूको साथ छ। उग्र राष्ट्रवादका पक्षधर केही पार्टीहरू प्यालेस्टाइनविरुद्ध कठोर रहँदै आएका छन्। त्यसैले उनको आगमनले छिमेकी मुस्लिम मुलुक प्यालेस्टाइनसँगको दशकौँयताको संघर्ष र युद्ध थप बढ्ने आशंका गरिएको छ।
इजरायली सञ्चारमाध्यमहरूले नेतन्याहूलाई सरकार चलाउन कठिन पर्ने अनुमान लगाइसकेका छन्। प्यालेस्टाइन र अरब राष्ट्रविरोधी पार्टीहरूको समर्थन बिना उनले कुनै महत्त्वपूर्ण काम गर्न नसक्ने भएकाले नेतन्याहूलाई सरकार चलाउन कठिन पर्ने बताइएको छ।
नेतन्याहूले इजरायली संसद् निसेटमा बिहीबार शपथ लिँदै गर्दा उनका विरोधीहरूले संसदबाहिर विरोध गरेका थिए।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
