यूएईले व्यवसाय शुरू गर्न चाहने सरकारी कर्मचारीलाई १ वर्षको बिदा दिने निर्णय गरेको छ। सो अवधिमा कर्मचारीले ५० प्रतिशत तलब सुविधासमेत पाउनेछन्।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा व्यापार व्यवसाय तथा निजी उद्योग शुरू गर्न चाहने कुनैपनि सरकारी कर्मचारीलाई एक वर्षको बिदा दिइने नियम अघि सारिएको छ।
योसँगै ती कर्मचारीले प्राप्त गर्ने कूल तलब सुविधाको ५० प्रतिशत हिस्सासमेत पाउने त्यहाँको मिडिया खलिज टाइम्सले जनाएको छ। उनीहरूले जनवरी २ देखि नयाँ व्यापार शुरू गर्न सक्नेछन्।
योसँगै यूएई कर्मचारीलाई व्यापार व्यवसायका लागि बिदा र तलब दिएर प्रोत्साहन गर्ने विश्वकै पहिलो मुलुक समेत बनेको छ।
उनीहरूको बिदाका लागि त्यहाँको संघीय निकायका प्रमुखले अनुमति दिनेछन्। यूएईका शासक तथा उपप्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमले जुलाई महिनामै यो योजना अघि सारेका थिए। उनले भने, “हाम्रो राष्ट्रिय अर्थतन्त्रले प्रदान गरेको बृहत् वाणिज्य अवसरलाई युवाहरूले सदुपयोग गर्न सकून् भन्ने नै हाम्रो उद्देश्य हो।”
यूएईका नागरिक र सरकारी कर्मचारीहरूले आफ्नो व्यापार व्यवसाय बढाएर विदेशीलाई काम दिन सकुन् र अर्थतन्त्रमा थप टेवा पुगोस् भने या योजना सार्वजनिक गरिएको बताइएको छ।
विकास र आर्थिक समृद्धिका लागि यूएईले अघि सारेको ‘प्रोजेक्ट फिप्टी’ लक्ष्यमध्ये यो प्रस्ताव पनि एक हो। विश्वका बौद्धिक वर्ग, लगानीकर्तासहित सबै क्षेत्रका मानिसहरूको गन्तव्य मुलुक बन्ने चाहनासहित यूएईले ‘प्रोजेक्ट फिप्टी’ योजनामा अघि सारेको छ। ‘प्रोजेक्ट फिप्टी’ भित्र अर्थतन्त्र, उद्यमशीलता, सीप तथा विज्ञता, डिजिटल अर्थतन्त्र, अन्तरिक्ष र उच्च प्रविधिसहित सबै क्षेत्रलाई समेट्न चाहेको छ।
तत्कालका लागि यो अवसरको सदुपयोग भने त्यहाँको केन्द्रीय सरकारका कर्मचारीले पाउनेछन्। यूएईको सरकार तथा मानव संसाधनकी कार्यकारी निर्देशक लैला ओबैद अल सुवैदीले यो प्रस्ताव सरकारले भविष्यलाई दृष्टिगत गर्दै ल्याएको बताइन्। उनले भनिन्, “यो बिदा र अवसरको सदुपयोग गरी कर्मचारीहरू पनि उद्यमी बन्न सकून्। हाम्रो नेतृत्वले यहाँका युवाहरू विश्वको उद्यम बजारका लागि तयार रहोस् भन्ने चाहन्छ।”
यसअघि यूएई सरकारले सन् २०२२ को शुरूआतमा कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप सातामा केबल साढे ४ दिन मात्रै काम गर्नसक्ने सुविधा दिएको थियो। बाँकी साढे २ दिन बिदा दिइएको थियो। सातामा कामको अवधि यति छोटो बनाउने यूएई विश्वकै पहिलो मुलुकसमेत बनेको थियो।
कर्मचारीलाई कुनै द्विविधा नहोस् भनेर यसका लागि सरकारले नियम फेरिएपछिको नयाँ पात्रो नै जारी गरेको थियो। विश्वका अन्य मुलुकहरूमा भने साताको ६ दिनसम्म काम गर्नुपर्ने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
