प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ समकक्षीले पठाएको बधाई सन्देश हस्तान्तरण गरिएको छ।
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र चीनको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
भेटका क्रममा कार्यवाहक राजदूत सिनले प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए।
यसअघि दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै चीनले राजदूतावासको ट्विटरमार्फत बधाई दिएको थियो। दाहाल पुस १० गते सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
शुक्रबार नै भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई सन्देश नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
