किसान

दूधको भुक्तानी माग्दै आन्दोलित किसानमाथि प्रहरीको धरपकड

दुग्ध विकास संस्थानलगायत डेरीबाट लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको छ। किसानहरू काठमाडौँको लैनचौरिस्थत दग्ध विकास संस्थानमा धर्ना दिन पुगेका थिए। दुग्ध सहकारी संघको अगुवाइमा देशभरका दुग्ध किसान भुक्तानी माग्दै काठमाडौँ आएका हुन्।