मातातीर्थ मेला

आमाप्रति भक्तिभाव

बुधबार आमाको मुख हेर्ने दिन। बिहानैदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। विशेषगरी आमा नहुनेहरू उक्त कुण्डमा स्नान तथा हरिहरको दर्शन र पूजाअर्चना गर्न पुगेका छन्।