राप्रपा नेता तथा पूर्वसञ्चारमन्त्री श्रीषशमशेर जबराको निधन

जबराको पार्थिव शरीरलाई शनिबार बिहान साढे नौ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

काठमाडौँ– राप्रपा नेता तथा पूर्वसञ्चारमन्त्री श्रीषशमशेर जबराको निधन भएको छ।

लामो समयदेखि क्यान्सरबाट पीडित ७७ वर्षीय जबराको काठमाडौँ विशालनगरस्थित घरमा शुक्रबार राति निधन भएको हो। उनको पार्थिव शरीरको शनिबार बिहान साढे नौ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पत्रकार र लेखकसमेत रहेका जबरा तत्कालीन राजा ज्ञानेन्द्रका पालामा सञ्चारमन्त्री भएका थिए।