पर्व
काठमाडौँ– डेक नेपाल प्रालिले काठमाडौँमा बुधबारदेखि आयोजना गरेको १४औँ तीज मेला अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ। वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालित तीज मेलाको अवलोकनका साथै स्थानीय सामग्री खरिद गर्न सकिन्छ। मेलामा सामग्री किन्न आएकी काठमाडौँ वनस्थलीकी प्रमिला कुँवरले तीजका लागि आवश्यक सामग्री एकै ठाउँमा सस्तो मूल्यमा किन्न पाउँदा खुशी लागेको बताइन्। “सबै सामग्री एकै ठाउँमा पाइने, त्यो पनि सस्तो मूल्यमा। खुशी लाग्यो,” उनले भनिन्। मेलामा विशेष गरी तीज पर्वका अवसरमा प्रयोग गर्ने महिलाले चुरा, पोते, लत्ताकपडा, शृंगारका सामग्री राखिएका छन्। आर्थिक अवस्था कमजोर भएका महिलाले निर्माण गरेका हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनमा राखिएका हुन्। धनकुटाकी ४७ वर्षीया रजनी राई चित्रकारले विगत चार वर्षदेखि आफूले बनाएका हस्तकलाका सामग्री मेलामा प्रदर्शन गर्दै आएको बताइन्। “आकर्षक खालका सामग्रीहरू बिक्री वितरण गर्दै आएकी छु। व्यापार राम्रै भएको छ,” उनले भनिन्। डेक नेपाल प्रालिका व्यापार तथा बजार व्यवस्थापक स्मृति श्रेष्ठले मेला आगामी भदौ १० गतेसम्म चल्ने बताइन्। उनका अनुसार यो कम्पनीले तीज मेलासँगै पाकिस्तानी मेलालगायत विभिन्न प्रदर्शनी गर्दै आएको छ। तीजको अवसर पारेर अघिल्लो वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||





