मंगलबारदेखि दक्षिणी क्षेत्रतर्फ प्रवेश गर्ने भनिएको आँधीले बाढी र भूक्षय गराउनसक्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रको अनुमान छ।
जुलिया नामक सामुद्रिक आँधीका कारण मध्य अमेरिकी मुलुकहरुमा कम्तिमा २८ जनाले ज्यान गुमाएका छन् । थुप्रै मानिस बेपत्ता छन्। विशेष गरि ग्वाटेमाला, एल साल्भाडोर, निकारागुवालगायत मुलुकमा जुलिया आँधीले प्रत्यक्ष असर पुर्याएको छ। आँधीपछिको वर्षाका कारण बाढी, पहिरो जाने क्रम बढेको छ।
ग्वाटेमालाको अल्ट्रा वेरापाज प्रान्तमा गएको पहिरो पुरिएर पाँच जना र मेक्सिको नजिकैको हुवेहुवेतेनान्गो प्रान्तमा एक सैनिकसहित ९ जनाको मृत्यु भएको ग्वाटेमालाको विपद् नियन्त्रण विभागले जनाएको छ। ग्वाटेमालामा २ जना बेपत्ता भएको र १३ सयभन्दा बढी मानिस विस्थापित भएको एपी न्यूजले जनाएको छ।
यता, एल साल्भाडोरको कोमासाग्वा शहरमा आँधीले एक पर्खाल भत्काउँदा पाँच सैनिकको मृत्यु भएको छ भने अर्को शहर ग्वाटाजीयाग्वामा २ जनाको मृत्यु भएको एपी न्यूजले जनाएको छ। एल साल्भाडोरमा आँधी प्रभावितलाई राख्न ८० भन्दा बढी शिविर सञ्चालन गरिएको छ।
यता, निकारागुवाका राष्ट्रपति रोसारियो मुरिलोले बाढी र पहिरोको जोखिम बढेको र ९ हजार ५०० सय मानिसको उद्धार भएको बताएका छन्।
क्यारेबियन तटीय क्षेत्रमा आईतबार ८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको जुलिया आँधीले जनजीवन प्रभावित बनाएको हो। अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार सोमबार ३० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीको गति मंगलबार भने आधा भएको छ।
मंगलबारदेखि दक्षिणी क्षेत्रतर्फ प्रवेश गर्ने भनिएको आँधीले थप क्षेत्रमा बाढी र भूक्षयको जोखिम बढाएको केन्द्रले जनाएको छ।आँधीको प्रभावले पनामा, होन्डुरस, कोस्टारिकालगायत मुलुकमा भारी वर्षा भइरहेको छ भने त्यहाँका अधिकांश राजमार्गमा आवतजावतमा समस्या भएको छ भने प्रभावितहरूको उद्धारलाई तिव्र पारिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
