एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल निर्विरोध

प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ।

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

शनिबार बिहान पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो। समानुपातिकबाट निर्वाचित भएका रावल पार्टीको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्। 

यस्तै दलको उपनेतामा छायाकुमारी थापा ‘सन्तोष’ चयन भएकी छन्। सुदूरपश्चिममा एमालेका १० जना प्रदेशसभा सदस्य छन्।