प्रधानमन्त्री दाहाल चितवनमा

नारायणी नमुना माविको हीरक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्।

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक दाहाल गृहजिल्ला आएका हुन्। 

उनले नारायणी नमुना माविको हीरक महोत्सव समारोहको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल हीरक महोत्सवमा सहभागी भई आजै काठमाडौँ फर्कने कार्यक्रम छ।

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो। हालैको परीक्षणमा  विद्यालयले ९३.५ अङ्क प्राप्त गरेको दवाडीले बताए। २०२० जेठ ६ मा पठनपाठन सुरु गरेको यस विद्यालयमा तीन हजार ५७० विद्यार्थी अध्ययनरत छन्।

प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वार उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलान्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।