एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू

आलाेकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा सहभागी हुने नहुनेलगायत पछिल्लो राजनीति घटनाक्रमबारे छलफल हुने कार्यसूची छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू भएको छ।

आलाेकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा सहभागी हुने नहुनेलगायत पछिल्लो राजनीति घटनाक्रमबारे छलफल हुने कार्यसूची छ।

साथै निर्वाचनको समीक्षा र पार्टीको भावी रणनीतिका विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।