कांग्रेसभित्र असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गर्नुपर्ने महामन्त्रीद्वय थापा र शर्माले बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन्। शनिबार मेलमिलाप दिवसको शुभकामना सन्देश जारी गर्दै महामन्त्रीद्वय थापा र शर्माले कम-कमजोरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कांग्रेसको आगामी मार्गचित्र तय गर्नुपर्ने बताएका हुन्।
कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने उल्लेख गरेका छन्। गत मंसिर ४ मा सम्पन्न निर्वाचनपश्चात् प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ।
“नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ। तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ", विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचा बन्धन गरेर जाने तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी आफूहरूबाट नभएको उनीहरूले उल्लेख गरेका छन्। कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने, जनताप्रति जबाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
