भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको लस तेजेरियास शहरमा मुसलधारे वर्षापछि गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ३६ नाघेको छ। ५६ जना बेपत्ता छन्। सो क्षेत्रमा आपत्कालीन उद्धार र खोजीका लागि एक हजारभन्दा उद्धारकर्ता खटाइएको छ।
दुखद् घटनापछि भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
मुसलधारे वर्षाका कारण राजधानी कराकासदेखि ६४ किलोमिटर दक्षिणपश्चिममा पर्ने एल पातो नदीमा भिषण बाढी आएको छ।
राजधानी कराकासकभन्दा ५० किलोमिटर टाढाको सो बाढीले घर, कार, बजार, पसलहरु बगाएको छ। तटीयसहित अधिकांश क्षेत्रहरु डुबानमा परेको छ। यस्तै बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति ठप्प छ।
अत्यधिक वर्षा भएका क्षेत्रहरुमा एक महिनामा पर्ने पानी एकैदिनमा परेको भेनेजुएलाका आन्तरिक मन्त्री रेमिजियो सेबाजोसले बताएका छन्। जुलिया आँधिकै कारण भारी भेनेजुएलामा शनिबारदेखि भारी वर्षा हुने क्रम जारी रहेको उनको भनाई छ।
जुलिया आँधिले विशेष गरि भेनेजुएलाको उत्तरी क्षेत्रसम्म प्रभाव पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
