बेल विवाह
भक्तपुर ८ चसुखेलस्थित चण्डेश्वरी मन्दिर परिसरमा आइतबार सामूहिक बेल विवाह भएको छ। नेवार समुदायमा महिलाको रजस्वला हुनुअघि गरिने कर्मलाई ‘ईहि’ अर्थात् ‘बेल विवाह’ भनिन्छ। यसमा ५ देखि ७ वर्षका नेवार समुदायका बालिकाको ‘बेल’सँग विवाह गराइदिने परम्परा छ। प्रचलित जनविश्वासमा ‘बेल’ लाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। विष्णुसँगको विवाह भएका कारण श्रीमान् बिने पनि कसैले विधवा हुननपर्ने जनश्रुति छ। यद्यपि, कतिपय संस्कृतिविद्ले भने फरक तर्क दिएका छन्। ‘बेल’ लाई अवश्नीकुमारको प्रतीक मानी ‘कन्यादान’ दिएमा अखण्ड सौभाग्य प्राप्ति हुने संस्कृतिविद्ले जनाउँदै आएका छन्। तस्वीरहरू : अमित मचामसी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||





