नेप्से २८ सय विन्दु नजिक, १४ अर्बको कारोबार

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ।

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ।

नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तवरले बढेको छ। यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ। यसअघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिदबिक्री भएको थियो।

आज सेन्सेटिभ इन्डेकस ७.८६ अंकले बढेको छ। फ्लोट इन्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८२ अंकले बढेको छ।

आज १० प्रतिशत केबीएल डिबेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको मूल्य यस दिन प्रतिकित्ता १२८.४३ रुपैयाँले बढेर १४१२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी यस दिन थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६.५० रुपैयाँले बढेर ७३१.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५.३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

माइखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन बुटवल पावर कम्पनी, सानीमा माई हाइड्रोपावर, राधी जलविद्युत् र लुम्बिनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।