बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी यात्रु इन्दिरा कोइराला, मोटरसाइकल चालक हुप्सेकोट–२ कोलियाका ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि सवार ३२ वर्षीय सोमबहादुर सोमैको उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
