सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको रक्षा मन्त्रालय नजिकै आक्रमण गरेको हो।
काठमाडाैँ– इजरायलले बुधबार सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार सिरियाली सुरक्षा बल र ड्रुज सशस्त्र समूहबीच जारी द्वन्द्वको क्रममा इजरायलले दमास्कसको राष्ट्रपति भवननजिकै रहेको रक्षा मन्त्रालयमा आक्रमण गरेको हो।
सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ। साथै, सिरियाली सरकारले आक्रमणको निन्दा गर्दै यसलाई 'आपराधिक र गैरकानूनी व्यवहार' भनेको छ।
इजरायली सेनाले दमास्कसको सिरियाली सेनाको मुख्यालयमा ठूलो क्षति पुगेको दाबी गरेको छ। "चेतावनीको समय सकिएको छस अब कठोर र पीडादायी प्रहारहरू हुनेछन्," इजरायलका रक्षामन्त्री इजरायल काट्जले भने।
यस्तै, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ड्रुज समुदायलाई बचाउन र सिरियाली शासनको गिरोहलाई नष्ट गर्न काम भइरहेको बताएका छन्। उनले ड्रुज समुदायका इजरायली सदस्यहरूलाई सिरियामा सीमा पार नगर्न पनि आग्रह गरे।
इजरायलमा ड्रुज समुदायलाई सामान्यतया वफादार अल्पसंख्यक मानिन्छ, र तिनीहरू इजरायली सेनामा पनि सेवा गर्छन्।
सिरियाको विदेश मन्त्रालयले सबै देशहरूलाई सिरियाको सार्वभौमसत्ताको सम्मान गर्न र कुनै पनि विद्रोही वा पृथकतावादी गतिविधिहरूलाई समर्थन नगर्न अपील गरेको छ। साथै, सिरियालीहरूलाई हिंसा रोक्न, हतियार राख्न र देशमा विभाजन छर्न खोज्नेहरूलाई विफल पार्न आग्रह गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
