लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभर मनसुनी वायु र भारतको उत्तरप्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाइएको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने बताइएको छ।
यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्ने भएकाले सावधान रहन महाशाखाले आग्रह गरेको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
