आर्थिक वर्ष २०८१/८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन्।
मुस्ताङ– उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य बढेको छ। सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरू बढेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङमा पाँच लाख ५५ हजार आन्तरिक र एक लाख ५० हजार जना विदेशी गरी कूल सात लाख पाँच हजार पर्यटक आएका छन्। जुन २०८०/८१ को तुलनामा ५५.३ प्रतिशत अर्थात् दुई लाख ५१ हजार ४५३ ले बढी हो। आव २०८०/८१ मा मुस्ताङमा कूल चार लाख ५४ हजार पर्यटक आएका थिए।
आव २०८१/८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन्।
यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको जानकार बताउँछन्। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्त्वपूर्ण धार्मिक पर्यटक गन्तव्यका रूपमा अग्रपंक्तिमा पर्छन्।
मुस्ताङका ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया पर्यटकीय गन्तव्यमा पर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
