साफ यू२० महिला फुटबल: श्रीलंकामाथि नेपालको लगातार जित

डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७-० ले नै हराएको थियो।

काठमाडौँ– साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको छ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र यससँगै नेपालको चार खेलमा नौ अंक भएको छ। डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७-० ले नै हराएको थियो।

बिहीबार बांग्लादेशको ढाकास्थित वसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल गरेको थियो। नेपालको जितमा समीक्षा मगरले २ तथा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले समान १ गोल गरे। श्रीलंकाले १ गोल आत्मघाती गरेको थियो।

अब नेपालले शनिबार भुटानसँग खेल्नेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाल दोस्रो खेलमा बांग्लादेशसँग पराजित भएको थियो।