हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ बाढी र पहिरोका कारण बारम्बार अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। यसको स्थायी समाधानका लागि स्थानीय र सवारीचालकले माग गरेका छन्।
मकवानपुर– वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथमा अवरोध आउने क्रम वर्षायामभर दोहोरिइरहेको छ। बाढी, पहिरो र नदी कटानका कारण यो सडकखण्डमा नियमित सवारी सञ्चालनमा समस्या आउँदा यात्रुले जोखिमपूर्ण र कठिन यात्रा गर्नु परिरहेको छ।
गत जेठदेखि असारसम्मको सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण पटक–पटक सवारी आवागमन अवरुद्ध भयो। सडक आयोजनाले खुलाउने प्रयास गरिरहे पनि यात्रुको समस्या समाधान हुन सकेको छैन।
बागमती नदीमा डाइभर्सनको बहाव बढ्दा कान्तिलोकपथ अन्तर्गतको बेलिब्रिजसमेत क्षतिग्रस्त भएको थियो। असार २२ गते पुनः बेलिब्रिज जडान गरिएपछि चार दिनपछि मात्रै सडक आंशिक रूपमा सञ्चालनमा आएको थियो। यसबीच यात्रु र सवारीसाधन घण्टौँसम्म बाटोमै रोकिएको अवस्था देखिएको थियो।
स्थानीय प्रशासनका अनुसार लगातारको झरीसँगै साना ठूला पहिरो, सडक कटान र जलमग्नताले गर्दा समयमा मर्मत सम्भव नभएको हो। हेटौँडा–५ का सावरीचालक स्याम तिमल्सिनाले रात्रिकालीन सवारी सञ्चालन थप जोखिमपूर्ण भएको बताए।
प्राविधिकका अनुसार कान्तिलोकपथको स्थायित्व अझै चुनौतीपूर्ण छ। छोटो दूरीको वैकल्पिक मार्ग भए पनि साँघुरा मोड, खोला नजिकको भूभाग तथा पहिरो सम्भावित क्षेत्रले गर्दा यो मार्ग वर्षायाममा अत्यन्त जोखिमयुक्त मानिन्छ।
स्थानीय बासिन्दा तथा सवारीचालकले हरेक वर्ष उस्तै समस्या दोहोरिने भन्दै सडकमा स्थायी संरचनात्मक समाधान गर्न माग गरेका छन्। उनीहरूका अनुसार, सडक कटान भएका ठाउँमा तत्काल मर्मत, बलियो बेलिब्रिज जडान, तथा पहिरो सम्भावित स्थानमा संरक्षणका उपाय अनिवार्य गरिनुपर्छ।
सडक बन्द हुने क्रमले औषधि, खाद्य सामग्री र अन्य अत्यावश्यक सामानको ढुवानीमा समेत असर पारेको छ। यात्रुहरूले पूर्व जानकारी नपाउँदा घण्टौँ बाटोमै अल्झिनुपरेको गुनासो गरेका छन्।
“हामी जोखिम मोलेर यात्रा गरिरहेका छौँ। तर, हरेक वर्षको वर्षामा उस्तै समस्या आउँछ। अब सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउनु जरुरी छ,” यातायात व्यवसायी ओम लामिछाने भने।
वर्षा केही कम भएसँगै सडक सञ्चालन सामान्य बन्दै गएको भए पनि अझै केही साता जोखिम कायम रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कार्यालयले यात्रुहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र मौसमको पूर्वानुमानअनुसार यात्रा योजना बनाउन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
