जुन २६ मा मनसुन शुरू भएदेखि पाकिस्तानमा ७० बालबालिकासहित करिब १८० जनाको मृत्यु भएको र करिब ५०० जना घाइते भएका छन्।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको छ।
बुधबार बिहानदेखि पन्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा शहरी क्षेत्रमा पसेको बाढीले जनधनको क्षति गरेको हो।
राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी शहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दालाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ।
“पछिल्लो २४ घण्टामा पाकिस्तानभर ५४ जनाको मृत्यु भएको छ र २२७ जना घाइते भएका छन्, अधिकांश मृत्यु पन्जाबबाट भएको रिपोर्ट गरिएको छ,” राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले भनेको छ।
जुन २६ मा मनसुन शुरू भएदेखि ७० बालबालिकासहित करिब १८० जनाको मृत्यु भएको र करिब ५०० जना घाइते भएका छन्।
राष्ट्रिय मौसम विभागले शुक्रबारसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसलाई घरमै राख्न सार्वजनिक बिदा घोषणा गरेको छ।
“जोखिमपूर्ण क्षेत्रका बासिन्दाले आपत्कालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिसहितको आपत्कालीन किट तयार गर्नुपर्छ,” सरकारले भनेको छ।
सन् २०२२ मा मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो र एक हजार ७०० जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
