नवलपरासीमा असारदेखि लम्पीस्किन संक्रमण देखा परेको हो। बर्दघाटमा देखिएको संक्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ।
नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किन संक्रमण देखिएको छ। पछिल्लो समय खोप नलगाएका पशुमा संक्रमण देखिन थालेको हो।
खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको संक्रमण देखा परेको र संक्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए। उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो।
संक्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा. विभूति सिंहले जानकारी दिइन्। यो रोगका कारण मर्ने पशुको संख्या कम भए पनि दूध उत्पादनमा घटेपछि किसान चिन्तित बनेको उनको भनाइ छ।
नवलपरासीमा असारदेखि लम्पीस्किन संक्रमण देखा परेको हो। बर्दघाटमा देखिएको लम्पीस्किन संक्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ।
“लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ,” प्रमुख चौधरीले भने।
२०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किन लक्षण देखा परेको थियो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो।
केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङक अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ। यस रोगबाट पाँच लाख ५५ हजार पशु संक्रमित भएका छन्। तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
