सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीचको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ।
सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता भएको घोषणा गरेको छ।
अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले दुवै देश युद्धविराम गर्न सफल भएको बताएका हुन्।
“सिरियाली कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ,” उनले भने, “उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको छ।”
सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबार शुरू भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ। यो संकटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआको नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।
इजरायलले बुधबार राजधानी दमास्कसमा सिरियाली सेनाको मुख्यालयलक्षित हवाई आक्रमण गरेको थियो।
बेराकले ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वानसमेत गरेका छन्।
यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुजको केन्द्र स्वेइदा शहरबाट सैनिक फिर्ता गरेका थिए। तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भंग भएको आरोप लगाएको छ। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
