भुटानमाथि नेपालको सानदार जित

बांग्लादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

काठमाडौँ– नेपालले यू२० महिला साफ च्याम्पियनसिपमा भुटानमाथि सानदार जित हासिल गरेको छ। शनिबार बांग्लादेशको ढाकास्थित किङ्स एरेना (बसुन्धरा स्पोर्ट्स ग्राउन्ड) मा भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो।

यो जितमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूबाहेक समीक्षा मगर र कुसुम खतिवडाले पनि नेपालका लागि १/१ गोल गरे। 

खेल डलब राउन्ड रोबिनको आधारमा भइरहेको छ। यस प्रतियोगितामा आयोजक बांग्लादेशसहित भुटान, श्रीलंका र नेपाल सहभागी छन्।

नेपालले यसअघि भुटानसँगको पहिलो खेलमा पनि ६-१ ले विजयी भएको थियो। श्रीलंकासँग खेलेका दुवै खेलमा पनि नेपाल ७-० को समान अन्तरले विजयी भएको थियो। यद्यपि, आयोजक राष्ट्र बांग्लादेशसँगको पहिलो खेलमा नेपाल ३-२ गोलले पराजित भएको थियो।

यो जितसँगै नेपालले पाँच खेलबाट १२ अंक बटुलेको छ भने उपाधि होडमा थप बलियो बनाएको छ। तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपालले अब सोमबार बांग्लादेशसँग खेल्नेछ।