पर्वतको लाङ्दीमा पहिरोले घर पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला

पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

पर्वत– मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोमा पुरिएका एक दम्पतीको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरोमा परी मोदी–३ का ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती ७६ वर्षीया विष्णुमाया विकको शव भेटिएको हो।

गएरातिदेखि परेको अविरल वर्षाका कारण विक दम्पतीको घरमाथिबाट पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए। बेपत्ताको खोजी गर्दा स्थानीय र प्रहरीले पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

शनिबार रातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत पानीको बहाव उच्च भइरहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।