पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीले आज (आइतबार) कीर्तिपुरस्थित त्रिविका उपकुलपतिको कार्यालय घेराउ गरेका छन्। संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्नुपर्ने माग राख्दै विद्यार्थी र शिक्षकले आन्दोलन गरेका हुन्।
इन्जिनियरिङ क्याम्पसका शिक्षकले गत असार १९ गतेदेखि आन्दोलन शुरू गरी असार २५ गतेदेखि पठनपाठन बन्द गरे थिए। आइतबार दिउँसो विद्यार्थी ‘कक्षाको ढोका खोल्देऊ सरकार’, ‘अबको लडाइँ इन्जिनियरिङ अध्ययन संस्थानको बचाई’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कीर्तिपुर पुगेका थिए। उनीहरूको मुख्य माग संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तत्काल खारेज गरिनुपर्ने रहेको छ।
इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० सालदेखि नै विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन्। यसपटक भने उनीहरूले पठनपाठन नै रोकेका कारण विद्यार्थी पनि आन्दोलनमा उत्रिएका हुन्। हेर्नुहोस् तस्वीर:












Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
