नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा ३ भारतीय नागरिक घाइते

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

चितवन: नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक ढुंगा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइते हुनेहरूमा भारतको आगरा बस्ने ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव रहेका छन्। 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतको युपी ८० जिपी २९२८ नम्बरको कारमाथि आइतबार दिउँसो ढुंगा खसेको थियो। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको र तीनै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ