काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।
कास्की– गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरूमा पानीको बहाव बढेसँगै विभिन्न स्थानहरू डुबानमा परेका छन्।
पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको हो। काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।
ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति पुर्याएको उनले बताए। हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
पोखरा–१३ का वडाध्यक्ष किरण बरालका अनुसार माथिल्लो क्षेत्रमा पर्खाल भत्किएर कटान हुँदा ढल्के पुलनजिकैको एक घरमा क्षति पुगेको हो। "खोलाको धार मिलाउने काम भइरहेको छ," उनले भने, "क्षति भएको घरमा जाली लगाउने कार्य पनि थालिएको छ।"
काहुँखोला बजार क्षेत्रमा नहरमार्फत पूर्वतर्फ विजयपुर खोलामा मिसिने तथा दक्षिणतर्फ सिँचाइ नहरमा जाने व्यवस्था रहेको छ। तर, शुभकामना टोलस्थित कांग्रेसका स्थानीय नेता दीपक गुरुङ र उनका आफन्तले प्लटिङ गर्दा बनाइएको रिटेनिङ पर्खालका कारण सिँचाइ नहर साँघुरिएको छ। यसले गर्दा पानीको निकास अवरुद्ध भई शुभकामना टोलका घरहरू डुबानमा परेको बताइएको छ।
२०३८ सालतिर निर्माण गरिएको पर्खाल अत्यधिक चापका कारण भत्किएको हो, जसले बाढीको बहाव एकतर्फ केन्द्रित भएपछि आसपासका घरमा बाढी पसेको हो। बाढी पीडितहरूलाई हाल सुरक्षित स्थानमा राखिएको छ।
वडा कार्यालय, सामुदायिक विकास संस्था र अन्य स्थानीय संघ–संस्थाको सहकार्यमा पीडितहरूको अस्थायी बसोबासको व्यवस्था गरिएको छ। बाढीबाट प्रभावित स्थानीयवासीलाई हाल पोखरा–१३ स्थित समाज घरमा खाद्यान्न तथा आवासको अस्थायी प्रबन्ध मिलाइएको वडाध्यक्ष बरालले जनाएका छन्।
हाल प्रभावित क्षेत्रका परिवारलाई तत्कालका लागि सुरक्षित राख्न र आवश्यक सहयोग पु¥याउन स्थानीय तह सक्रिय रहेको पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
