धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
धनुषा– धनुषा प्रहरीले एक जना युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छिन्।
प्रहरीका अनुसार, पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेकी हुन्। उनीहरूबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ।
घटना गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित रहेको एसपी एन्ड गेस्ट हाउसको कोठा नम्बर १०२ मा भएको थियो। सीसीटीभी फुटेजमा सोही राति करिब ३ बजे मृतक यादव नग्न अवस्थामा शरीरभरि काटिएर रगत बगेको अवस्थामा होटलको पहिलो तल्लाबाट तल झरेको देखिएको थियो। त्यसको केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेको पनि सीसीटीभी फुटेजमा देखिएको धनुषा प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले छटपटाइरहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्याएको थियो। तर, यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो। धनुषा प्रहरीले अभियुक्त झालाई आइतबार दिउँसो १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
