भरतपुर– नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। सोमबार दिउँसो ३:३० बजे भरतपुर महानगरपालिका–१६, गणेश मन्दिरनजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्ने क्रममा भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो।
उनीसहित पाँच जना साथीहरू पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका मगरको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याएको थियो।
जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, मगरलाई अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
