कर्णाली करिडोरमा कालीकोट, बाजुरा र हुम्ला खण्डका नौ वटा पक्की पुलको ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि निर्माण शुरू हुन सकेको छैन।
कालीकोट– कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने नौ वटा पक्की पुलको निर्माण कार्य अझै शुरू हुन सकेको छैन। ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि काम अगाडि नबढेको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिएका छन्।
२०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझै शुरू नभएको हो। “करिडोरका नौ वटा पुलको ठेक्का भएको तीन वर्ष भयो”, उनले भने।
प्रमुख नेपालीका अनुसार यी नौमध्ये सात वटा पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको छ। निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर मात्र काम शुरू गर्नुपर्ने प्रावधान रहे पनि त्यो प्रक्रिया पूरा हुन सकेको छैन।
कालीकोटबाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेन्द्रबहादुर शाहीले कालीकोट खण्डका तीन, बाजुराको बड्डीगाड जुड्डी, कवाडी खोला र हुम्लाको गल्फा गाड, सल्लीसल्लासहित नौ वटा पुलको ठेक्का भएर पनि काम नभएको बताएका छन्।
कर्णाली करिडोरअन्तर्गत कालीकोटको फुगाड खोलामा रहेको फलामे बेलिब्रिज २०७६ असारमा आएको बाढीले बगाएपछि पानी परेको बेला सडक बन्द हुने गरेको छ।
पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बीचमा पर्ने सान्निगाड खोला, तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का बिकोइ कन्स्ट्रक्सनले पाएको थियो। तर, सडक डिभिजन प्रमुख नेपालीका अनुसार, बिकोइ कन्स्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन स्वीकृत गराएको छैन।
बिकोइ कन्स्ट्रक्सनका हरिराम कोइरालाले भने सडक विभागबाट डिजाइन स्वीकृत हुन ढिलाइ भएकाले काम शुरू हुन नसकेको बताएका छन्। कालीकोटका यी तीनवटा पुलको ठेक्का १८ करोड रुपैयाँको रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
