नेपाल यू२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को अन्तिम खेलमा आयोजक बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएको हो।
काठमाडौँ– नेपाल यू२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उपविजेतामा सीमित भएको छ। सोमबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको अन्तिम तथा निर्णायक खेलमा आयोजक बांग्लादेशसँग ४–० गोलको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको उपाधि जित्ने सपना अधुरै रहेको हो।
उपाधि जित्नका लागि नेपाललाई यो खेलमा बांग्लादेशमाथि जित आवश्यक थियो, तर घरेलु टोली बलियो साबित भयो। बांग्लादेशको प्रभावशाली जितमा सागोरिका नायिक नायक रहिन्। उनले खेलको ८, ५१, ५८ र ७७औँ मिनेटमा गरी ह्याट्रिकसहित चार गोल गरिन्। उनी बांग्लादेशी राष्ट्रिय टोलीकी सदस्य पनि हुन्।
डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको यस प्रतियोगितामा यो नतिजापछि बांग्लादेश सबै ६ खेलमा विजयी रहँदै १८ अंकका साथ शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो। नेपाल भने १२ अंकमा सीमित रहँदै उपविजेता बनेको हो। नेपालले प्रतियोगितामा भोगेका दुवै पराजय बांग्लादेशविरुद्ध नै थिए। पहिलो खेलमा बांग्लादेशले नेपाललाई ३–२ ले पराजित गरेको थियो।
प्रतियोगितामा कुल चार टोलीको सहभागिता थियो। नेपालले भुटान र श्रीलंकामाथि भने सहज जित निकालेको थियो। भुटान ६ अंकका साथ तेस्रो स्थानमा रह्यो भने श्रीलंका शून्य अंकसहित पुछारमा रह्यो। भुटानले दिनको पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
