बांग्लादेशको राजधानी ढाकामा सोमबार लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश विद्यार्थी छन्।
बांग्लादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये धेरैजसो विद्यार्थी रहेको बताइएको छ। यो विगत केही दशकयताकै बांग्लादेशमा भएको सबैभन्दा गम्भीर विमान दुर्घटना हो।
चीननिर्मित एफ–७ बीजेआई लडाकु विमान सोमबार दिउँसो १:०६ बजे प्रशिक्षणका लागि उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये ८३ जना विभिन्न अस्पतालमा उपचाररत छन्। घटनास्थलमा तत्कालै उद्धार कार्य शुरू गरिएको थियो। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीले अथक प्रयास गरेका थिए।
एक जना विद्यार्थी शफिउर रहमान शफीले घटनाबारे भने, “हामी खेलमैदानमा थियौँ। अचानक ठूलो आवाज आयो, जमिन काँप्यो, अनि विमान खसेको थाहा पाइयो। त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे।”
सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीको परिवार अहिले गहिरो शोकमा छन्। अभिभावकले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन्।
अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्, “वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीमाथि परेको यो क्षति अपूरणीय छ। यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो।”
बांग्लादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
