कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ।

काठमाडाैँ– काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा पानी परिरहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ। सबैभन्दा बढी पानी सिन्धुपाल्चोक जिल्ला (५०-५५ मिलिमिटर) तथा मनाङ जिल्ला (४७ मिलिमिटर) मा परेको देखिन्छ।

पानी पार्ने बादल बिस्तारै दक्षिण-पश्चिम सरिरहेकोले हालको लागि ती स्थानहरूमा परेको पानी कम हुँदै जाने महाशाखाले जनाएको छ।

सोमबार दिनभर पनि आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, राति पनि ती प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।