सिन्धुलीको मधुगंगा महादेव मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुलेको छ।
सिन्धुली– दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगंगा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ।
हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनी मधुगंगा महादेवको दर्शन गर्न आएका थिए। शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए। मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन्।
सोमबार बिहान उक्त स्थानमा करिब २५/३० वर्षको पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए। प्रहरीले घटनास्थलबाट धारिलो हतियार चुप्पी र खुपा बरामद गरेको थियो।
प्रहरीका अनुसार पंकज साथीहरूसँग मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै आएका सबै जना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए। घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ। भारतको विभिन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगंगा महादेवको दर्शन गर्न यहाँ आउने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
