नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन्।
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन्।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले नेपाल संस्कृति र प्रकृतिमा विश्वकै धनी रहेको बताए।
बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उनको भनाइ छ।कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा १६० अर्ब क्षति पुगेको तथ्यांक छ।
महामारीले थला परेको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको संकेत देखिएको छ। नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने उपराष्ट्रपति पुनले बताए। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगार पाएको ठमेलको विकासका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
