शेयर बजारमा मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा पुग्नुका साथै २० अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको छ।
काठमाडौँ– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि भएको छ। नेप्से परिसूचक करिब ८१ अंकले बढ्दा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। नेप्सेका अनुसार, मंगलबार परिसूचक ८०.९७ अंक अर्थात् २.७९ प्रतिशतले बढेर २९७३.७० बिन्दुमा बन्द भएको हो।
यस दिन कुल ३१८ कम्पनीका चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो दिन सोमबारको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँको कारोबारभन्दा निकै बढी हो। सोमबार तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको थियो।
मंगलबारको कारोबारमा सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ। उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक ४.६३ प्रतिशतले बढेको छ। त्यसैगरी, जीवन बीमा समूह ४.३६ प्रतिशत, लघुवित्त ४.०७ प्रतिशत, लगानी ३.२४ प्रतिशत, अन्य ३.२६ प्रतिशत, होटल तथा पर्यटन ३.४४ प्रतिशत, बैंकिङ २.१० प्रतिशत, विकास बैंक २.२६ प्रतिशत, वित्त १.९४ प्रतिशत, जलविद्युत् १.९० प्रतिशत, निर्जीवन बीमा २.५६ प्रतिशत, व्यापार १.०१ प्रतिशत र म्युचुअल फन्ड ०.५६ प्रतिशतले बढेका छन्।
आजको कारोबारमा ट्रेड टावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट र सान्भी इनर्जीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। उन्नति सहकार्य लघुवित्तको ९.९० प्रतिशत र विन्दावासिनी हाइड्रोको ९.७६ प्रतिशतले शेयर मूल्यमा वृद्धि भएको छ। यद्यपि, ११% एलबीबीएल डिबेन्चर २०८९ (एलबीबीएलडी८९)को शेयर मूल्य सर्वाधिक ३.९४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ७१ करोड ८८ लाख ८५ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सनराइज फोकस्ड इक्विटी फन्डको २२ लाख २३ हजार ३९५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
