झापाको हल्दिबारी गाउँपालिका–४ को एक घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन्।
झापा– हल्दिबारी गाउँपालिका–४ को एक घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन्।
स्थानीय पुण्यप्रसाद ओलीको दुईतले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।
भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उनको ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका हुन्। घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ।
घाइते चारै जनालाई स्थानीय भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो। घाइतेको अवस्था गम्भीर रहेको कारण भद्रपुरबाट घाइतेलाई विराटनगर रेफर गरिएको बताइएको छ।
बिहान ८ः४५ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो। आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। हल्दिबारीको कञ्चनश्रीस्थित अस्थायी प्रहरी पोस्टबाट आगलागी नियन्त्रणमा प्रहरी टोली परिचालन भएको सूचना अधिकारी खड्काले जानकारी दिए।
यसैगरी, कचनकबल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजवंशीको भान्सा घरमा सोमबार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ।
प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन। तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता छाना र चुलो डढेर क्षति भएको छ।
आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
