अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ।
काठमाडाैँ– अमेरिकाले संयुक्त राष्ट्रसंघ अन्तर्गतको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)बाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ।
अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रुसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युनेस्कोको हालको कार्यप्रवृत्ति अमेरिका अनुकूल नरहेको र संस्था राष्ट्रिय हितसँग मेल नखाने दिशामा अघि बढेको बताइन्।
उनले युनेस्कोले पछिल्लो समय संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूप्रति बढी केन्द्रित भई विश्वव्यापी विचारधारात्मक विषयहरू अघि सारेको टिप्पणी गरिन्। साथै, युनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गर्दै उक्त कदमले इजरायलविरोधी धारणा फैलाउने जोखिम बढाएको बताइन्।
युनेस्कोले आफूलाई शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग र समझदारी प्रवर्द्धन गर्ने संस्था भएको जनाएको छ। यो संस्थाले विश्व सम्पदा सूचीको पनि व्यवस्थापन गर्दै आएको छ, जसअन्तर्गत नेपालका लुम्बिनी, चितवन राष्ट्रिय निकुन्ज, पशुपतिनाथ मन्दिरलगायत क्षेत्रसमेत समावेश छन्।
अमेरिकाको युनेस्कोबाट बाहिरिने निर्णय पहिलोपटक भने होइन। सन् १९८० को दशकमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले संस्था भ्रष्ट र सोभियत समर्थक भएको आरोप लगाउँदै अमेरिकी सदस्यता छुटाएका थिए। पछि, राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा अमेरिका पुनः युनेस्कोमा फर्किएको थियो।
हालैका वर्षहरूमा पनि युनेस्कोप्रति अमेरिका आलोचनात्मक रहँदै आएको थियो। सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्यता छाड्ने निर्णय गरेका थिए, जुन निर्णय राष्ट्रपति जो बाइडेनले उल्ट्याउँदै अमेरिकालाई पुनः सदस्य बनाएका थिए। अब, ट्रम्पको नेतृत्वमा अमेरिका पुनः युनेस्कोबाट बाहिरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
