सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने गरेको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ।
काठमाडौँ– सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने गरेको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ।
पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए।
गत महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उनले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताए। त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ। बाटो काट्दा, ‘ओभरटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ।
“यसरी हुने दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन्। जसले गर्दा मोटरसाइकल यात्रा जोखिममा रहेको देखाएको छ, त्यसैले तीव्र गतिमा मोटरसाइकल चलाउनै हुँदैन,” प्रवक्ता घिमिरेले भने।
नेपाल प्रहरीका अनुसार गत असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६.५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन्। केन्द्रीय प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका कुल चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिए।
त्यसपछि जिप/कार दुर्घटना १७.२३ प्रतिशत छन्। ट्रक, ट्यांकर ६.४६ प्रतिशत र बस ४.४३ प्रतिशत दुर्घटनामा परेका छन्। कुल दुई हजार ९२२ वटा दुर्घटनामा ती सवारीसाधन संलग्न रहेका प्रहरीले जनाएको छ।
ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ। प्रवक्ता घिमिरेका अनुसार १८६ पुरुष, ३६ महिला र १७ जना बालबालिकाको दुर्घटनामा परेर मृत्यु भएको हो। ती दुर्घटनामा ६२५ जना घाइते भएका उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
