नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको हो।

आज ३१९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७.६७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ ०.२५, विकास बैंक ०.९२, होटल तथा पर्यटन १.१०, जीवन बिमा ०.५०, लघुवित्त ०.७२ र निर्जीवन बीमा ०.६१ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी वित्त समूह ३.२३ प्रतिशतले बढेको छ । जलविद्युत् ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.१५, व्यापार ०.३१ र अन्य समूह १.४४ प्रतिशतले बढेका छन्।

ट्रेड टावर र सान्भी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ५.३२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ७८ करोड १० लाख २८ हजार ४३३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ लाख ५४ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ।