दुवै पक्षले आपसी सहमतिको बाबजुद सीमामा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप एकअर्कामाथि लगाइरहेका छन्।
काठमाडाैँ– थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ।
कम्बोडियाको सिमानामा रहेको उबोन रत्चाथानी प्रान्तमा बुधबार नियमित गस्तीको क्रममा भएको बारुदी सुरुङ विस्फोटमा थाई सैनिक घाइते भएका थिए। लगत्तै थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायाचाईले कम्बोडियाबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने आदेश दिएका हुन्। प्रतिक्रियामा, कम्बोडियाले पनि सबै थाई कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको 'द जापान टाइम्स'ले छ।
विस्फोटमा परी पाँच सैनिक घाइते भएका र एक सैनिकले आफ्नो खुट्टा गुमाएको थाई सेनाको दाबी छ। कम्बोडियाले भने विस्फोट आफ्नो प्रेह विहार प्रान्तमा भएको बताएको छ।
यस घटनापछि आज फेरि दुई देशका सेनाबीच झडप पनि भएको बीबीसीले जनाएको छ। थाई सेनाले कम्बोडियाली सैनिकहरूले खमेर मन्दिर ता मुएन थोम नजिकै गोली चलाएको बताएको छ। यद्यपि, कम्बोडियाको रक्षा मन्त्रालयले थाई सेनाले पहिलो गोली प्रहार गरेपछि आफ्ना सैनिकहरूले आत्मरक्षामा जवाफी कारबाही गरिरहेको बताएको छ।कम्बोडियाले भारी हतियारधारी सेना तैनाथ गर्नुअघि उक्त क्षेत्रमा निगरानी ड्रोन पठाएको थाई सेनाले जनाएको छ। घटनामा कम्तीमा दुई थाई सैनिक घाइते भएको पनि थाई सेनाले जनाएको छ।
कम्बोडियाले थाइल्यान्डको दक्षिणपूर्वि भागसँग ८१७ किलोमिटर सिमाना साझा गर्छ। दुवै पक्षले आपसी सहमतिको बाबजुद सीमामा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप एकअर्कामाथि लगाइरहेका छन्। जसले गर्दा दुई देशबीच तनाव बढीरहेको छ।
थाई अधिकारीहरूले विस्फोटमा प्रयोग गरिएका बारुदी सुरुङहरू रूसी प्रविधिका भएको आरोप लगाएका छन्। साथै, यी बारुदी सुरुङहरू दुवै देशले संयुक्त रूपमा 'सुरक्षित मार्ग' घोषित गरेका मार्गहरूमा राखिएको बताएका छन्। थाइल्यान्डले कम्बोडियालाई ओटावा सन्धिको उल्लंघन गरेको पनि आरोप लगाएको छ, जसले 'एन्टीपर्सनल' सुरुङको प्रयोगमा प्रतिबन्ध लगाउँछ।
कम्बोडियाली रक्षा मन्त्रालयले थाई आरोपहरूलाई अस्वीकार गर्दै विस्फोट आफ्नै देशको भूभागमा भएको दाबी गरेको छ। थाई सेनाले २००० को सम्झौताको उल्लंघन गर्दै विवादित क्षेत्रमा गस्ती गरेको उसको आरोप छ। २० औं शताब्दीको द्वन्द्वका दाैरान सीमा क्षेत्रमा राखिएका धेरै बारुदी सुरुङहरू अझै पनि यथावत् रहेको कम्बोडियाली रक्षा मन्त्रालयको भनाइ छ।
दुई देशबीचको सीमा द्वन्द्व मे महिनाको अन्त्यतिर विवादित क्षेत्रमा भएको गोली हानाहानबाट शुरू भएको थियो जसमा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो। त्यसबेलादेखि, दुवै देशले सीमामा सेनाहरू खटाएका छन् र महत्त्वपूर्ण व्यापार मार्गहरूको रूपमा काम गर्ने सीमित भूमि क्रसिङहरू कायम गरिएका छन्।
यो विवादले थाइल्यान्ड को आन्तरिक राजनीतिलाई पनि हल्लाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
