सुर्खेत घर भइ भक्तपुरमा डेरा गरी बस्ने १७ र १५ वर्षका ती दिदीबहिनी घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
भक्तपुर– यहाँको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्।
स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन्। मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए।
घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए। प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ।
मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरू आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
