‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
काठमाडौँ– ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक शुरू गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। रास्वपा सांसद तोसिमा कार्कीले दुई महिनादेखि 'भिजिट भिसा' प्रकरणमा विरोध गर्दै आएको र उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध जारी रहने बताइन्। उनले दुई प्रतिपक्षी दलको विरोधका बाबजुद संसद् चल्नु अनौठो अभ्यास भएको भन्दै आपत्ति जनाइन्।
सांसद कार्कीले भैँसेपाटीमा सडक विस्तार गर्दा सशस्त्र प्रहरीले रोकेको विषयमा पनि कुरा उठाउँदै स्थानीयको जग्गा अधिग्रहण गरेर बनेको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग गरिन्। उनले मन्त्रीले घुस मागेको अडियो टेप प्रकरणको सही छानबिन नभएको भन्दै आपत्ति जनाइन्।
राप्रपाका सांसद दीपकबहादुर सिंहले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसद्मा विरोध जारी रहने बताए। उनले सरकारले शहीद गंगालाल अस्पताललाई सहुलियतवापतको ७० करोड रुपैयाँ नदिएकाले बालबालिकाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम उपलब्ध गराउन माग गरे।
संसद्मा विरोध गरिरहेका यी दुई दल रास्वपा र राप्रपाबीच भने कस्तो छानबिन समिति गठन गर्ने भन्ने विषयमा मतभेद छ। रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
